३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले ओमानविरुद्ध टस जितेको छ।

ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको टस जितेर नेपालका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ रोजेका छन्।

लिग–२को शीर्ष ६ मा अटाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ। अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको थियो।

नेपाल ३५ खेलमा २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ। ओमान भने ३१ खेलमा ३३ अंकसहित तालिकाको चौथो स्थानमा छ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच हालसम्म १२ खेल भएका छन्। जसमा दुवैले समान ६–६ खेल जितेका छन्। पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ।

प्रकाशित: २ कार्तिक २०८३ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App