८ आश्विन २०८३ बिहीबार
image/svg+xml
खेल

महिला कबड्डी टोली सेमिफाइनलमा, नेपाललाई कम्तीमा कांस्य पक्का

नेपाली महिला कबड्डी टोलीले २०औं एसियाली खेलकुदमा सानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

बिहीबार भएको समूह ‘बी’ को खेलमा श्रीलंकालाई ३४-२५ ले हराएपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल प्रवेशसँगै नेपालले जारी प्रतियोगितामा कम्तीमा कांस्य पदक पक्का गरेको छ।

एसियाली खेलकुदको कबड्डी विधामा सेमिफाइनल पुग्ने दुवै टोलीले कांस्य पदक प्राप्त गर्ने प्रावधान छ। प्रतियोगिताको सेमिफाइनलमा अब नेपालले स्वर्ण पदकको दाबेदार मानिएका बलिया प्रतिद्वन्द्वी भारत वा इरानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा लगातार दोस्रोपटक पदक सुरक्षित गर्दै नयाँ इतिहास रचेको छ। यसअघि चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।

प्रकाशित: ८ आश्विन २०८३ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App