२७ असार २०८३ शनिबार
image/svg+xml
खेल

कुशलद्वयको उत्कृष्ट प्रदर्शनमा चीनमाथि नेपालको फराकिलो जित

कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा शानदार सुरुवात गरेको छ।

आइतबार सम्पन्न पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो। समूह ‘ए’मा रहेको नेपालले अब मलेसियासँग खेल्नेछ।

नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो।

चीनका शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए।

कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए।

त्यसअघि सिंगापुर नेसनल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। टी–२० आईमा नेपालको यो दोस्रो उच्च रन हो। यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र १६ छक्का प्रहार गरे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्कासहित अविजित ८५ रन बनाए।

रोहितकुमार पौडेलले २१ बलमा ५ चौका र ७ छक्कासहित अविजित ६९ रन बनाउँदा ओपनर आसिफ शेख ११ रनमा आउट भए। मात्र ८ बल फ्यालेका कुशलले एक रन पनि नखर्चि ३ विकेट लिए।

प्रकाशित: १७ जेष्ठ २०८३ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App