२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

राईको अध्यक्षतामा नेपाल बुद्धिचाल महासङ्घ

नेपाल बुद्धिचाल महासङ्घको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कार्यसमितिका तत्कालीन अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएका कारण आयोजित विशेष साधारण सभाले अविश्वास प्रस्ताव पास गर्दै मौजुदा कार्य समिति विघटन गर्ने निर्णय गरेको हो ।  

कार्यसमितिमा बहुमतको आधारमा अविश्वास प्रस्तावको बारे छलफल गर्न हेटौडामा साधारण सभा आयोजना गर्ने निर्णय गरे पनि बहुमत प्रतिनिधिले काठमाडौंमा आयोजनाको माग गरेका हुन् ।  

यसैका आधारमा भएको साधारण सभाले दिपेन राईको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । ज्ञानेन्द्र पराजुली बरिष्ठ उपाध्यक्ष तथा ताराबहादुर रानाभाट तथा विश्व विजय घिमिरे उपाध्यक्ष भए ।  

धनबहादुर बोगटी महासचिव तथा विजय वध लावती उपमहासचिव भए । वीरबहादुर राउत कोशाध्यक्ष भए ।  

कुष्माकर काफ्ले, उमेश शाह सोनार, भगवती अधिकारी, दिनेश थापा, दिर्घराज अधिकारी, धर्मी खड्का, सबिना लामगादे, टिकादेवी भण्डारी, लक्ष्मी कन्दङ्वा र अन्जु शाह सदस्य भए ।  

कार्यक्रममा पूर्व उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र खाइजु र अरुण शकर वैद्यको उपस्थिति थियो । यसअघि महर्जन अध्यक्षतामा रहेको सङ्घमा मनोमान गरेको, आर्थिक अनियमितता गरेको र फिडेमा गलत रिपोर्ट पठाएको आरोप लगाइएको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका खेलकुद विभाग सदस्य शिव सिलवाल थिए ।  

प्रकाशित: १० जेष्ठ २०८३ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App