नेपाल र युएईबीचको आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध ५० रन पूरा गरेको छ।
बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ११.५ओभरमा १ विकेट गुमाउँदै ५० रन पूरा गरेको हो। नेपालका ओपनर कुशल्ल भुतुर्ल २ रन बनाएर आउट भए। उनलाई यूएईका जहिद अलिले आउट गरेका हुन्। नेपाल अहिले रन बनाएर खेलिरहेको छ। क्रिजमा अहिले नेपालका अर्का ओपनर अशिफ शेख २० र भिम सार्की २४ रन बनाएर खेलिरहेका छन्। नेपाल आज यूएईलाई हराउने पर्ने दबाबमा छ।
प्रकाशित: १९ कार्तिक २०८२ १२:२२ बुधबार





