भारतीय स्टार भारोत्तोलक मीराबाई चानुले विश्व भारोत्तोलन च्याम्पियनसिप २०२५ मा रजत पदक जितेकी छिन्। उनले यो पदक ४८ किलोग्राम तौल समूहमा जितेकी हुन्।
यसअघि मीराबाईले २०१७ को विश्व च्याम्पियनसिपमा स्वर्ण र २०२२ मा रजत पदक जितेकी थिइन्।
मीराबाईले कुल १९९ किलोग्राम तौल उठाइन्। उनले स्न्याचमा ८४ किलोग्राम र क्लिन एण्ड जर्कमा ११५ किलोग्राम तौल उठाउँदै रजत पदक जितिन्।
यस वर्ष अगस्टमा मीराबाई चानुले अहमदाबादमा आयोजित राष्ट्रमंडल भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।
मीराबाई चानुले टोकियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन्। उनी लगातार दुई वर्षसम्म बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयरको विजेता रहेकी छिन्। उनले २०२१ र २०२२ मा यो पुरस्कार जितेकी थिइन्।
प्रकाशित: १७ आश्विन २०८२ ०९:४५ शुक्रबार





