११ असार २०८३ बिहीबार
image/svg+xml
खेल

चेक रिपब्लिकलाई हराउँदै मेक्सिको समूह विजेता

मेक्सिको फिफा विश्वकप २०२६ अन्तर्गत लिग चरणमा समूह ‘ए’को विजेता बनेको छ। 

बिहीबार सम्पन्न खेलमा चेक रिपब्लिकलाई ३–० गोल अन्तरले हराउँदै मेक्सिको समूह विजेता बनेको हो। 

मेक्सिको सिटी रंगशालामा सम्पन्न खेलमा मेक्सिकोका अल्भारो फिडाल्गोले ९०'+४', जुलियन क्विनोनेस ६१ र माटेओ चाभेज ५५ औं मिनेटमा गोल गरेका थिए।

मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै अंक तालिकाको पुछारमा रहेको छ। मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ।

प्रकाशित: ११ असार २०८३ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App