७ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

बीएमडब्ल्यू गल्फ च्याम्पियनसिपमा म्याकइल्रोय दोस्रो स्थानमा

उत्तरी आयरल्यान्डका रोरी म्याकइल्रोयले बीएमडब्ल्यू  गल्फ च्याम्पियनसिपको तेस्रो चरणमा पाँच अन्डर ६५ स्कोर गर्दै संयुक्त दोस्रो स्थानमा उक्लिएका छन्।

उनी शीर्षस्थानमा रहेका अमेरिकी खेलाडी विन्डहम क्लार्कभन्दा पाँच स्ट्रोकले पछाडि छन्। म्याकइल्रोयले अन्तिम ६ होलमध्ये चारमा बर्डी गर्दै आफ्नो समग्र स्कोर १२ अन्डर पुर्‍याए। अमेरिकी प्याट्रिक क्यान्टले पनि ६६ स्कोर गर्दै १२ अन्डरसहित म्याकइल्रोयसँग दोस्रो स्थान बाँडेका छन्।

क्लार्कले पहिलो होलमै डबल बोगी गरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गरे। उनले आठौं होलमा इगलसहित दिनको ६५ स्कोर गर्दै आफ्नो अग्रता पाँच स्ट्रोकमा पुर्‍याए। म्याकइल्रोयले क्लार्कलाई उछिन्न निकै असाधारण प्रदर्शन आवश्यक पर्ने बताएका छन्।  

क्रिस गोटरप र गेरी वुडल्यान्ड ११ अन्डरमा छन्। कोलिन मोरिकावा १० अन्डर तथा दक्षिण कोरियाका इम सङ–जे ९ अन्डरमा छन्। विश्व नम्बर एक स्कटी शेफलर पाँच अन्डरसहित संयुक्त आठौं स्थानमा छन्।

प्रकाशित: ७ भाद्र २०८३ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App