नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले पनि खाता नखोल्दै पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलेइनले इनिङ्सको तेस्रो बलमै डार्सी सर्टलाई पभेलियन फर्काएका हुन्।
सर्ट ३ बल खेलेर शून्य रनमा बोल्ड भएपछि लुम्बिनी ०.३ ओभरमा ०/१ को अवस्थामा पुगेको छ। अर्को छेउमा आसिफ शेख शून्य रनमा क्रिजमा छन्।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पनि इनिङ्सको पहिलो बलमै शून्य रनमा जर्ज मुन्सीलाई गुमाउँदै २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो।
प्रकाशित: १ मंसिर २०८३ १९:०३ मंगलबार





