१ मंसिर २०८३ मंगलबार
image/svg+xml
खेल

सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ८.१ ओभरमा ५० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ विकेट गुमाएर ५० रन जोडेको लुम्बिनीलाई सोझै फाइनल प्रवेशका लागि अब ७१ बलमा ५६ रन आवश्यक छ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको लुम्बिनीको इनिङ्स निरोशन डिकवेला र कप्तान रोहित पौडेलले सम्हालेका छन्। आक्रामक ब्याटिङ गरिरहेका डिकवेलाले १४ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाएका छन् भने रोहितले २५ बलमा १ चौकाको मद्दतमा २० रन जोडेका छन्।

यसअघि लुम्बिनीले इनिङ्सको तेस्रो बलमै ओपनर डार्सी सर्टलाई शून्य रनमा गुमाएको थियो । सर्टलाई स्कट कुगेलेइनले बोल्ड गरेका थिए।

३.२ ओभरमा २४ रनको स्कोरमा अर्का ओपनर आसिफ शेख ४ रन बनाएर हेमन्त धामीको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट भए।

सुदूरपश्चिमका लागि कुगेलेइन र धामीले १-१ विकेट लिएका छन् ।

प्रकाशित: १ मंसिर २०८३ १९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App