२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

सालाहको स्थान लिन लिभरपुलको नजर बार्कोलामाथि, १०० मिलियन पाउन्ड खर्चिने तयारी

इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली विंगर ब्राड्ली बार्कोलालाई भित्र्याउन करिब १०० मिलियन पाउन्ड खर्च गर्ने तयारी गरेको छ।

पेरिस सेन्ट जर्मेनका २३ वर्षीय बार्कोला लिभरपुलको मुख्य लक्ष्य बनेका छन्। तर, पीएसजीले उनलाई बेच्न करिब १४५ मिलियन पाउन्ड माग गरिरहेको बताइएको छ। लिभरपुलले पछिल्लो समय फ्लोरियन विट्र्जका लागि ११६ मिलियन र अलेक्जेन्डर इसाकका लागि १२५ मिलियन पाउन्ड खर्च गरिसकेको छ।

बार्कोलाका लागि पनि ठूलो रकम खर्चिएमा क्लब लगातार तेस्रोपटक १०० मिलियन पाउन्डभन्दा बढीको खेलाडी भित्र्याउने अवस्थामा पुग्नेछ। मोहमद सालाहले गत सिजनको अन्त्यसँगै लिभरपुल छाडेपछि आक्रमण बलियो बनाउन क्लबले बार्कोलालाई प्राथमिकतामा राखेको हो। सालाहले लिभरपुलका लागि नौ वर्षमा २५७ गोल गरेका थिए।

बायाँ विंगमा खेल्ने बार्कोला दायाँतर्फ र स्ट्राइकरको भूमिकामा पनि खेल्न सक्छन् । पीएसजीमा ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएजस्ता खेलाडी रहेका कारण नियमित सुरुआती अवसर नपाइरहेका बार्कोलालाई लिभरपुलमा बढी खेल्ने अवसर मिल्न सक्ने बताइएको छ । बार्कोलाले पीएसजीबाट तीन पटक फ्रेन्च लिग, दुई पटक फ्रेन्च कपसहित युरोपियन सुपर कप र फिफा इन्टरकन्टिनेन्टल कप जितिसकेका छन्।

प्रकाशित: २० श्रावण २०८३ १३:१५ बुधबार