४ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

पन्तोजालाई हराउँदै फ्लाइवेट उपाधि जोगाए जोसुवा भानले

म्यानमारका २४ वर्षीय जोसुवा भानले एलेक्जान्ड्रे पन्तोजालाई पराजित गर्दै यूएफसी ३३१ को फ्लाइवेट उपाधि रक्षा गरेका छन्।

लस एन्जलसमा शनिबार भएको मुख्य खेलमा भानले ब्राजिलका पूर्वच्याम्पियन पन्तोजालाई ४९-४६, ४९-४७ र ५०-४५ को स्कोरमा हराए। योसँगै भानले ५६.७ केजी तौल समूहमा आफ्नो च्याम्पियनसिप कायम राखे।

पन्तोजाले गत वर्ष डिसेम्बरमा भएको पहिलो भिडन्तमा कुहिनोमा चोट लागेपछि खेल २६ सेकेन्डमै छाडेका थिए। त्यसपछि भानले पन्तोजालाई स्पष्ट रूपमा नहराई उपाधि जितेका थिए। यसपटक भने भानले पूरा पाँच राउन्ड खेलेर पूर्वच्याम्पियनलाई पराजित गरे।

भानले दोस्रो राउन्डमा लगातार बायाँ हातका मुक्का प्रहार गर्दै दबाब बनाए भने तेस्रो राउन्डमा प्रभावशाली मुक्काको प्रहारले पन्तोजालाई हल्लाए। चौथो राउन्डमा पन्तोजाले टेकडाउन गर्दै नियन्त्रण बनाए पनि सबमिसन गर्न सकेनन्। अन्तिम राउन्डमा भानले दायाँ हातको मुक्काले पन्तोजालाई लडाउँदै जित सुनिश्चित गरे।

यो जितसँगै भानको व्यावसायिक एमएमए कीर्तिमान १८ जित र २ हार पुगेको छ। उनी म्यानमारबाट यूएफसी च्याम्पियन बन्ने पहिलो खेलाडी हुन्।

 

 

प्रकाशित: ४ आश्विन २०८३ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App