१४ आश्विन २०८३ बुधबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेको जित, आज अष्ट्रेलिया-ब्राजिल भिड्दै

अन्तर्राष्ट्रिय फुटबलमा गएराति भएका मैत्रीपूर्ण खेलमा जापान, उरुग्वे, प्यालेस्टाइन र किर्गिस्तानले जित निकालेका छन्। यता आज मंगलबार पनि विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण लिगका खेल हुँदैछन्।

गएराति भएको खेलमा जापानले भेनेजुएलालाई २-१ गोलले हरायो। दक्षिण कोरियामाथि उरुग्वेले ४-१ को प्रभावशाली जित निकाल्दा प्यालेस्टाइनले ताजिकिस्तानलाई ४-२ ले पराजित गर्‍यो। किर्गिस्तानले माल्दिभ्समाथि ५-० को फराकिलो जित दर्ता गर्‍यो।

आज मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अष्ट्रेलिया र ब्राजिल आमनेसामने हुँदैछन्। यस्तै रुस र इरान, संयुक्त राज्य अमेरिका र चिलि तथा मेक्सिको र पेरु बीच पनि मैत्रीपूर्ण खेल हुनेछन्।

आजको सबैभन्दा चर्चित मैत्रीपूर्ण खेलमध्ये अष्ट्रेलिया र ब्राजिलबीचको खेल रहेको छ। दुवै टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि टोली संयोजन र खेलाडी परीक्षण गर्ने अवसरका रूपमा यो खेललाई उपयोग गर्नेछन्।

प्रकाशित: १३ आश्विन २०८३ १३:०८ मंगलबार