२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

इडब्लुभिएल: ललितपुर क्विन्सले मधेस युनाईटेडलाई हरायो

वात्सलय एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा ललितपुर क्विन्सले मधेस युनाईटेडलाई पराजित गरेको छ।

शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा ललितपुरले मधेसलाई सोझो सेटमा हराउँदै आफ्नो पहिलो जित दर्ता गर्‍यो। ललितपुरले पहिलो सेटमा २५-१७, दोश्रो सेटमा २५-१३ र तेस्रो सेटमा २५-१९ले मधेसलाई हरायो।

ललितपुर पहिलो सन्सकरको इडब्लुभिएलकाे उपविजेता टोली हो। यसअघि आज भएको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजलाई सोझो सेटमा हराउँदै जित हासिल गरेको छ।

प्रकाशित: २० भाद्र २०८२ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App