२७ वैशाख २०८३ आइतबार
image/svg+xml
खेल

इटहरी गोल्डकप : उपाधि युवा समाज मोरङले जित्यो

गछीया युवा समाज मोरङले इटहरीमा भएको १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

जितसँगै गछीया युवा समाजले दस लाख रुपैयाँ नगद प्राप्त गरेको छ। इटहरी रंगशालामा सोमबार राति भएको फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौंलाई गछीया युवा समाजले १-० गोलले पराजित गरी उपाधि जित्न सफल भएको हो। उपविजेता टिम प्लानिङ ब्वाइज यूनाइटेडले नगद पाँच लाख रुपैयाँ प्राप्त गरेको छ।

उपाधि हात पार्नका लागि गछीया युवा समाजका तर्फबाट निर्णायक गोल दोर्जे तामाङले गरे।  उनले खेलको दोस्रो हाफको ८६ औँ मिनेटका गोल गरेका हुन्।  प्रतिस्पर्धा गर्नेछ।  उनी फाइनल खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे। 

पहिलो सेमिफाइनलमा गछियाले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।  गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए।  उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए।  प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए।  गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड र अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए।  

उनीहरूले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए।

उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए।  आयोजक क्लबका युजन राई उदयमान खेलाडी बने।  उनले ३२ इञ्चको एलइडी टिभी पुरस्कार पाए।  चैत ३० गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित आठ वटा टिमको सहभागिता रहेको थियो। 

प्रकाशित: ८ वैशाख २०८३ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App