१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
खेल

इटालियन कपको उपाधि इन्टर मिलानलाई, लाजियो २-०ले पराजित

लिग च्याम्पियन इन्टर मिलानले लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ ।  

यो जितसँगै इन्टरले यस सिजन घरेलु कप डबलको उपलब्धि समेत हात पारेको छ । इन्टरले यसअघि नै इटालीको सिरी ए उपाधि उचालेको थियो ।

रोममा भएको फाइनलमा इन्टरले एडम मरुसिचको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो । त्यसपछि लउटारो मार्टिनेजले एक गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यो सिजन सबै प्रतियोगितामा मार्टिनेजले २२ औं गोल गरेका हुन् ।

खेलका दुवै गोल पहिलो हाफमै भएका थिए । पहिलो हाफमा जित सुनिस्चित गरेको इन्टरले सहजै उपाधि उचालेको हो । इन्टरले इटालियन कप जितेको यो दसौं पटक हो ।

प्रकाशित: ३१ वैशाख २०८३ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App