३ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकामाथि भारतको कीर्तिमानी जित, दोस्रो चरण नजिक

भारतले महिला टिमले हक्की विश्वकपमा दक्षिण अफ्रिकामाथि ६–१ को शानदार जित निकाल्दै पूल डीको शीर्ष स्थानमा पुगेको छ।

मंगलबार नेदरल्यान्ड्सको एम्स्टेलभिनस्थित वागेनर स्टेडियममा भएको खेलमा भारतले सुरुवातदेखि नै दबाब बनाएको थियो। पहिलो क्वार्टरमा सुनेलिता टोप्पोले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। दोस्रो क्वार्टरमा नवनीत कौरले पेनाल्टी कर्नरबाट गोल थपिन्। त्यसपछि सुशिला चानुले गोल गरेपछि भारत पहिलो हाफमै ३–० ले अघि रह्यो।

तेस्रो क्वार्टरमा दीपिका सेह्रावत, लालरेम्सियामी र साक्षीले गोल थप्दै भारतको अग्रता ६–० पुर्‍याए। दक्षिण अफ्रिकाका लागि कायला डे वालले एक गोल फर्काए पनि भारत ६–१ ले विजयी भयो। यो विश्वकपमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। यसअघि भारतको उत्कृष्ट प्रदर्शन सन् १९७४ मा स्पेनविरुद्ध ४–१ को जित थियो।

अर्कोतर्फ, चीनले इंग्ल्यान्डलाई ४–२ ले हराएपछि भारतलाई पूलको अन्तिम खेलमा इंग्ल्यान्डविरुद्ध कम्तीमा बराबरी गरे पनि दोस्रो चरणमा पुग्न पर्याप्त हुनेछ।

प्रकाशित: ३ भाद्र २०८३ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App