नेपालका युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्दा खुसी लागेको तर देश हार्दा दु:ख लागेको बताएका छन्।
बिहीबार उनले अन्तर्राष्ट्रिय डेब्यू गरेपछि यो कुरा बताएका हुन्। उनले भने, 'अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्दा एकदम खुसी लागेको छ तर देश हार्दा एकदम दुखी छु।'
उनले हालै सम्पन्न एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे। खेलको ८५औं मिनेटमा उनले आयुष घलानलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।
उनले यसअघि साफ यू-२० च्याम्पियनसिपको कप्तानि सम्हालेका थिए।
प्रकाशित: २३ आश्विन २०८२ २१:२६ बिहीबार





