२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले बाबर हायातको शतकको मद्दतमा पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६१ रन जोडेको हो। हायातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन जोडेका थिए। सरूवात एकदम खराब गरेको हङकङको इनिङ बाबर हायात र इशान खानले सम्हालेका थिए।

बाबरले ८ औं विकेटका लागि खानसँग ११५ बलमा १२८ रनको साभेदारी गरेका थिए। खानले पनि अविजित रहने क्रममा ५ चौकाको मद्दतमा ४५ बलमा ३५ रन जोडे। यस्तै, साहिद वासिफले पनि ४५ रनको योगदान गरे।

यता, बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट हात पारेका थिए। नेपाल अबको केहीबेरमा जवाफी ब्याटिङ लिएर मैदानमा उत्रिँनेछ।

प्रकाशित: २३ भाद्र २०८३ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App