फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिकालाई टर्कीले हराएको छ।
लस एन्जलस रंगशालामा सम्पन्न खेलमा अमेरिकालाई टर्कीले ३-२ गोल अन्तरले हराएको हो। बराबरीमा चलिरहेको खेलको इन्जुरी टाइममा टर्कीका कान अयहानले गोल गरेका थिए। यो गोल नै निर्णायक बन्यो।
खेलको सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। समूह ‘डी’को यो खेलको ४९औं मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल फर्काएर अमेरिकाले फेरि बराबरीमा ल्याएको थियो।
यसअघि अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए। यो गोल सँगै अग्रता लिएको अमेरिकालाई टर्कीले गोल फर्काएको थियो।
खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका थिए। यसपछि बराबरीमा खेलिरहेका बेला टर्कीका ओर्कुन कोक्कुले खेलको ३१औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता बनाएका थिए। यस्तै खेलको ४९औं मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल फर्काएर अमेरिकाले फेरि बराबरीमा ल्याएको थियो।
प्रकाशित: १२ असार २०८३ ०९:५४ शुक्रबार





