३ मंसिर २०८३ बिहीबार
image/svg+xml
खेल

ब्रिसबेनमा नेपाली समुदायको क्रिकेटमा एभरेष्टले लगातार तेस्रो पटक जित्यो उपाधि

अष्ट्रेलियाको ब्रिसबेनमा नेपाली क्लबहरू बिच आयोजना भएको क्रिकेटमा एभरेष्ट क्लब टुवुम्बाले लगातार तेस्रो पटक उपाधि जितेको छ।

क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्यूएनसीए)ले आयोजना गरेको  क्यूएनसीए जिवाइडब्लू फाइनान्स विन्टर टी–२० कप २०२६ को उपाधि एभरेष्टले जितेको छ।

एभरेष्टले लगातार तेस्रोसहित समग्रमा पाँचौँ पटक उपाधि जितेको छ।

ब्रिसबेनमा सम्पन्न फाइनल खेलमा एभरेष्टले रोयल गोर्खाज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो। तीन महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको प्रतियोगितामा ६ वटा टिम सहभागी थिए।

एभरेष्टले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। क्लबका कप्तान विक्रम सापकोटा प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए। 

त्यस्तै, आयुष्मान बम प्लेयर अफ द सिरिज र फाइनलको उत्कृष्ट खेलाडी दुवै घोषित भए।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागिता जनाइरहेका क्लबका प्रमुख खेलाडी दिलीप नाथ र आदित्य महताको अनुपस्थितिमा पनि एभरेष्टले उपाधि जितेको हो।

यस जितसँगै एभरेष्टले क्वीन्सल्याण्डको नेपाली क्रिकेट समुदायमा आफ्नो सफलता यात्रा थप बलियो बनाएको छ।

उपाधि जितेको एभरेष्टले ५५ हजार रूपैंया रसुवा बाढीपीडित राहत कोषमा सहयोग गरेको छ।

प्रकाशित: ३ मंसिर २०८३ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App