४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

सिरिजङ्गा गोल्डकपमा सहभागी हुने आठ टिमको टुङ्गो लाग्यो, विजेताले ३ लाख पुरस्कार पाउने

मंसिर २३ गतेदेखि ताप्लेजुङको तेल्लोकमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगितमा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ ।  

आयोजक तेल्लोक स्पोर्टिङ क्लवले बिहीबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने टिम सार्वजनिक गरेको हो । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लवले ताप्लेजुङको प्रतिनिधित्व गर्नेछ ।  

प्रतियोगितामा न्यू स्टार फुटबल क्लव झापा, पारिजात संघ फुटबल क्लव सिलगुढी(भारत), रेडहर्ष फुटबल क्लव इलाम, वाईवाई पाँचथर फुटबल क्लव(पाँचथर), साँगुरीगढी फुटबल क्लव धनकुटा, मरिक एफसी धरान(सुनसरी) र म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुम सहभागी हुने आयोजक क्लवका अध्यक्ष भट्टराईले जानकारी दिए ।  

क्लवका सचिव रञ्जित मावोका अनुसार प्रतियोगिताका विजेताले नगद ३ लाख ३२१ रुपैयाँ र उपविजेताले १ लाख ५० हजार ३२१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ सर्बोकृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ५–५ हजार रुपैयाँका साथ सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लवका सचिव मावोले बताए ।  

 

प्रकाशित: २७ कार्तिक २०८२ १७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App