१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

अलराउन्डर वरीयतामा दीपेन्द्रको स्थान यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको टी-२० अन्तर्राष्ट्रिय पुरुष अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको स्थान यथावत् रहेको छ।

आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ऐरी चौथो स्थानमा कायमै रहेका हुन्। उनी विश्वका चर्चित क्रिकेटरसँग प्रतिस्पर्धा गर्दै शीर्ष पाँचभित्र आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन्।

वरीयताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा रहेका छन्। त्यस्तै, पाकिस्तानका साइम अयुब दोस्रो र भारतीय अलराउन्डर हार्दिक पाण्ड्या तेस्रो स्थानमा छन्।

दीपेन्द्रभन्दा ठीक पछाडि अर्थात् पाँचौँ स्थानमा अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई रहेका छन्।

यसैगरी, नेपालका ओपनर तथा अलराउन्डर कुशल भुर्तेल अलराउन्डरतर्फको वरीयतामा २३ औं स्थानमा रहेका छन्।

प्रकाशित: १३ फाल्गुन २०८२ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App