१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

डेविड वार्नर दोस्रो खेलबाट आउन सक्छन्ः प्रशिक्षक भेषावाकर

जनकपुर बोल्ट्ससँग हारपछि काठमाडौं गोर्खाजका प्रशिक्षक शरद् भेषावाकरले सकेसम्म दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् ।  

हारपछि पत्रकार सम्मेलनमा प्रशिक्षक शरदले आफ्नो टोलीका स्टार अस्ट्रेलियाका वार्नर दोस्रो खेल या चाडै आउन सक्ने बताएका हुन् । आफ्नो टोलीले साझेदारी बनाउन नसकेको र १०/१५ रन कम भएको काठमाडौं गोर्खाजका प्रशिक्षक शरदको भनाइ छ ।  

लगातार विकेट जाँदा समस्या भएको उनले उल्लेख गरे । कन्डिनसन सहज नरहेको उनी बताउँछन् । जनकपुरको ब्याटिङ लाइन अपमा धेरै लेफ्ट ह्यान्डेड रहेकाले त्यहीअनुरूप बलिङमा प्रयोग गरेको शरदले उल्लेख गरे । आफूसँग खेलाडी छनोटको सीमित अप्सन रहेको उनको भनाइ छ । आगामी खेलमा विदेशी खेलाडी आएपछि अझै राम्रो हुन सक्ने प्रशिक्षक शरदको विश्वास छ ।  

अनुभवी खेलाडी मोइन अली र हसन अलीको साझेदारी नै गेम चेन्जर मुमेन्ट रहेको बताए । काठमाडौंका प्रशिक्षक शरद्ले टोलीमा खेलाडी छनोटको अवसर सीमित रहेको उल्लेख गर्दै जनकपुरका मोइन र हसनको साझेदारीले खेलको मुमेन्ट चेन्ज भएको बताए ।

लक्ष्य सामान्य भए पनि आफ्ना खेलाडीले बलिङबाट धेरै इफोर्ट लगाउनु नै महत्त्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । आफ्ना लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सहज नरहेको शरदले स्वीकार गरे । यद्यपि, चुनौतीमा राम्रो गर्ने आफ्नो स्वाभाव रहेको उनी बताउँछन् ।

 

प्रकाशित: १२ कार्तिक २०८३ १७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App