१ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल बन्यो च्याम्पियन

आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ।

आइतबार राति सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको गर्दै च्याम्पियन बनेको हो।

आर्सनलले खेलको २३ सेकेन्डमै अग्रता बनाएको थियो। माइलेस लुइस स्केलीको पासमा रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो। नयाँ खेलाडी क्रिस्टोस जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभर्ट्जले हेडमार्फत गोल गरेका थिए।

कार्डिफस्थित प्रिन्सिपालिटी रंगशालामा सम्पन्न खेलको दोस्रो हाफ सुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल गर्‍यो। म्यानचेस्टर सिटीविरुद्धको जितसँगै आर्सनलले चार महिनाभित्र दोस्रो उपाधि जितेको छ। यो आर्सनलको समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधि हो।

यो खेल कम्युनिटी शिल्ड केवल एउटा उपाधिको नभइ नयाँ सिजनमा दुई दाबेदारको शक्ति परीक्षणसमेत थियो।

प्रकाशित: १ भाद्र २०८३ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App