४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
खेल

क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत क्वालिफायर्स-२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान रवि बोपाराले टस जितेर सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिए।

साँझ ५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छन्। चितवनले बुधबार भएको इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै क्वालिफायर्स-२ मा स्थान बनाएको थियो।

यता, सुदूरपश्चिमले भने क्वालिफायर्स-१ मा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेपछि क्वालिफायर्स-२ खेल्ने तय भएको थियो।

प्रकाशित: ३ मंसिर २०८३ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App