स्पेनिस टेनिस स्टार कार्लोस अल्काराजले अमेरिकी खेलाडी टोमी पाउललाई पराजित गर्दै यूएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको खेलमा दोस्रो वरीयताका कार्लोसले २०औँ वरीयताका अमेरिकी पाउललाई ६–४, ६–३, ६–४ को सोझो सेटमा हराए।
यो जितसँगै सात पटकका ग्रान्डस्लाम च्याम्पियन कार्लोसले लगातार १८औँ ग्रान्डस्लाम खेलमा जित हात पारेका छन्। उनी फ्लसिङ मेडोजमा लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा पनि मजबुत रूपमा अघि बढेका छन्।
दायाँ नाडीको चोटका कारण करिब पाँच महिना कोर्टबाट बाहिर रहेका २३ वर्षीय कार्लोसले न्युयोर्कमा उत्कृष्ट लय देखाइरहेका छन्। ठूलो प्रहारका लागि परिचित पाउलविरुद्ध उनले आक्रामक र प्रभावशाली खेल प्रदर्शन गरे।
प्रकाशित: २२ भाद्र २०८३ ०८:५९ सोमबार





