२१ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

ला लिगामा एट्लेटिकोमाथि बिल्बाओको शानदार जित, आज बार्सिलोना मैदानमा

स्पेनिस ला लिगामा गएराति एथ्लेटिक बिल्बाओले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ। उता रायो भाल्लेकानोले रासिङ सान्टान्डरलाई ३-२ तथा डेपोर्टिभो ला कोरुनाले भिल्लारियललाई ३-२ गोलले हरायो।

बिल्बाओको जितमा निको विलियम्सले ४६औँ मिनेटमा गोल गरे। त्यसको दुई मिनेटपछि एलेक्स पाडिल्लाले टोलीको अग्रता दोब्बर बनाए भने ओइहान सान्सेटले ९०औँ मिनेटमा तेस्रो गोल थपे। यो जितसँगै बिल्बाओले महत्वपूर्ण तीन अंक जोड्दा एट्लेटिकोले निराशाजनक हार बेहोरेको छ।

रायो भाल्लेकानोले रासिङ सान्टान्डरविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकालेको हो। त्यस्तै, भिल्लारियलले घरेलु मैदानमा डेपोर्टिभो ला कोरुनासँग ३-२ को हार बेहोरेको छ।

ला लिगामा आज राति पनि ४ खेल हुनेछन्। आज शीर्ष स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्नेछ।बार्सिलोना लगातार राम्रो सुरुआतलाई कायम राख्दै तीन अंक जोड्ने लक्ष्यमा मैदान उत्रिँदैछ भने भ्यालेन्सिया घरेलु मैदानको फाइदा उठाउँदै बलियो चुनौती दिने तयारीमा छ। खेल नेपाली समयअनुसार राति ८ः०० बजे सुरु हुनेछ।

यस्तै, आजै अलाभेस-ओसासुना, मालागा-लेभान्ते तथा एस्पान्योल-सेभिल्लाबीच पनि खेल हुँदैछन्।

प्रकाशित: २१ भाद्र २०८३ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App