६ भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

बंगलादेश ६४ रनमै अलआउट, पहिलो दिन अष्ट्रेलियाको पकड

बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ। म्याकायमा टस जितेर पहिले बलिङ गरेको अष्ट्रेलियाले बंगलादेशलाई पहिलो इनिङ्समा मात्र ६४ रनमा अलआउट गरेको थियो।

अष्ट्रेलियाका मिचेल स्टार्कले घातक बलिङ गर्दै ६ विकेट लिए। उनले १२ रन मात्र खर्चिए। स्टार्कले सुरुवाती चरणमै बंगलादेशको शीर्ष क्रमलाई ध्वस्त पारेपछि पाहुना टोली दबाबमा परेको थियो। कप्तान प्याट कमिन्सले पनि महत्वपूर्ण तीन विकेट लिए।

६४ रनको जवाफमा ब्याटिङ थालेको अष्ट्रेलियाले पनि सुरुवातमा केही विकेट गुमायो। बंगलादेशका शोरिफुल इस्लामले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियाका ६ विकेट लिए। तर क्यामरन ग्रीनले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्हाले।

पहिलो दिनको खेल सकिँदा अष्ट्रेलिया १६५ रनमा ८ विकेट गुमाएको अवस्थामा छ। ग्रीन ५१ रनमा अविजित छन्। अष्ट्रेलिया पहिलो इनिङ्समा बंगलादेशभन्दा १०१ रनले अगाडि रहेको छ।

पहिलो दिन नै दुवै टोलीका गरी १८ विकेट पतन भएका छन्। यसअघि भएको पहिलो टेस्टमा बंगलादेशले अष्ट्रेलियालाई नौ विकेटले पराजित गरेको थियो। दोस्रो टेस्टमा अष्ट्रेलिया सिरिज बराबरी गर्ने लक्ष्यमा रहेको छ।

प्रकाशित: ६ भाद्र २०८३ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App