३१ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

रेन्साको शतक र एलिसको पाँच विकेटमा अस्ट्रेलिया विजयी

म्याट रेन्साको शतक र नाथन एलिसको उत्कृष्ट बलिङमा अस्ट्रेलियाले जिम्बाब्वेलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५९ रनले पराजित गरेको छ।

हरारेमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा २९९ रन बनाएको थियो। रेन्साले ११० रनको शतकीय इनिङ खेले। उनलाई ओली पिकले ४० तथा क्यामरन ग्रीन र अन्य ब्याटरले साथ दिए। जिम्बाब्वेका २० वर्षीय तीव्र गतिका बलर न्युम्यान न्याम्हुरीले ६२ रन दिएर पाँच विकेट लिए।

३०० रनको लक्ष्य पछ्याएको जिम्बाब्वे ४६ ओभरमा २४० रनमै अलआउट भयो। क्रेग एर्भिनले ७० रन र सिकन्दर रजाले ६३ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। अस्ट्रेलियाका एलिसले ३१ रन दिएर पाँच विकेट लिए। उनको उत्कृष्ट बलिङपछि जिम्बाब्वेको मध्यक्रम धराशायी बनेको थियो।

यस खेलमा जिम्बाब्वेका ४० वर्षीय ब्रेन्डन टेलरले एकदिवसीय क्रिकेटमा सबैभन्दा लामो अन्तर्राष्ट्रिय करियरको कीर्तिमान बनाएका छन्। उनले सचिन तेन्दुलकरको कीर्तिमान पछाडि पारे। यस्तै, न्याम्हुरी एकदिवसीयमा पाँच विकेट लिने सबैभन्दा कम उमेरका जिम्बाब्वे खेलाडी बने।

दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ।

प्रकाशित: ३१ भाद्र २०८३ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App