२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतक

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दोहोरो शतक बनाएका छन्। यसअघि कुनै पनि नेपाली खेलाडीले पीएम कपमा दोहोरो शतक बनाउन सकेका थिएनन्।  

नारायणी क्रिकेट मैदान वीरगञ्जमा जारी खेलमा उनले मधेश प्रदेशविरुद्ध २०८ रन बनाए । १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गरे।

यससँगै, एपीएफले मधेशलाई ३९१ रनको कीर्तिमानी लक्ष्य दिएको छ। पीएम कपमा बनेको यो योगफल हालसम्म कै उच्च हो।

कप्तान राहित पौडेल र सन्दीप जोराले अर्धशतकीय इनिङ खेले ।सन्दीपले ४२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन जोड्दा रोहितले ७३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५५ रन थपे।

मधेसका लागि रुपेश सिंहले ३ विकेट चड्काउँदा रञ्जित कुमारले १ विकेट हात पारे। 

प्रकाशित: ३० चैत्र २०८२ १३:०९ सोमबार