५ मंसिर २०८३ शनिबार
image/svg+xml
खेल

एसिया कप राइजिङ स्टार्सः नेपालविरूद्ध भारतले गुमायो दुई विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।  

दोहामा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि भारत एले अहिले ब्याटिङ गरिरहेको छ। ७ ओभरको समाप्तिमा भारतले २ विकेट गुमाएर ३६ रन जोडेको छ।  

छैठौं ओभरको पहिलो बलमा नन्दन यादवले अभिषेक शर्मालाई ९ रनमा मयन यादवको हातबाट क्याचआउट गराएका हुन्।  

सातौं ओभरको आफ्नो अन्तिम बलमा ललित राजव‌शीले आयुश बोदनीलाई २ रनमा विकेट किपर दीपक डुम्रेबाट क्याच आउट गराए। 

लामिछानेको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा कुशल भुर्तेल, ललित राजवंशी, पवन सर्राफ, नन्दन यादव, बसिर अहमद, सन्दीप जोरालगायत अनुभवी खेलाडी छन्। देव खनाल, इशान पाण्डे, अर्जुन कुमाल, लोकेश बम, दीपक डुम्रे, प्रतिश जिसी जस्ता युवा खेलाडी पनि टोलीमा समावेश छन्।  

तिलक वर्मा नेतृत्वको भारतीय टिममा वैभव सुर्यवंशी, अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंहलगायत अनुभवी खेलाडीहरु छन्। 

प्रकाशित: ४ मंसिर २०८३ १६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App