४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
खेल

एसिया कप राइजिङ स्टार्सः नेपालविरुद्ध उच्च योगफल उन्मुख भारत, ललितले लिए दुई विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ। दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारत उच्च योगफल उन्मुख भएको छ।  

४२ रन जोड्दा आफ्नो सुरुवाती ३ विकेट गुमाएको भारतको इनिङ्स कप्तान तिलक वर्मा र कुमार कुसाग्राले सम्हालेका छन्। उनीहरुले २ सय ६ रनको साझेदारी गरेपछि भारत उच्च योगफल उन्मुख भएको हो। कुमार ११७ रनमा आउट भए। तिलक शतक उन्मुख छन्। ललित राजवंशीले कुमारलाई बोल्ड गर्दै साझेदारी तोडेका हुन्।  

४४ ओभरको समाप्तिमा भारतले ४ विकेट गुमाएर २६७ रन बनाएको छ। 

यसअघि वैभव सूर्यवंशी २६, अभिशेख शर्मा ९ र आयुश बडोनी २ रनमा आउट भए।  

ललितले २ विकेट लिँदा नन्दन यादव र पवन सर्राफको नाममा एकएक विकेट छ। 

प्रकाशित: ४ मंसिर २०८३ १९:०६ शुक्रबार