१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एसिया कपः भारतको लगातार दोस्रो जित, पाकिस्तान ७ विकेटले पराजित

एसिया कपमा भारतले लगातार दोस्रो जित निकालेको छ । दुबईमा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले ४ अंक बनाएको हो ।  

पाकिस्तानको यो पहिलो हार हो । पहिलो खेलमा उसले ओमनलाई हराएको थियो । भारतले आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो । भारतले लिग चरणको आफ्नो अन्तिम खेलमा ओमानसँग र पाकिस्तानले यूएईसँग खेल्नेछन् ।  

पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।  

भारतको जितमा क्याप्टेन सूर्यकुमार यादवले नटआउट ४७ रनको योगदान गरे । अभिषेक शर्माले १३ बलमा ३१ रन बनाउँदा तिलक बर्माले पनि समान ३१ रन जोडे ।  

पाकिस्तानका लागि तीनै विकेट सइम अयुबले लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि सहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । सहिन अफ्रिदी ३३ रनमा नटआउट रहे ।  

भारतका लागि कुलदीप यादवले ३, जसप्रित बुमराह र अक्षर पटेलले २ तथा हार्दिक पाण्डेय र भरुण चक्रवर्तीले समान एक विकेट लिए ।

प्रकाशित: २९ भाद्र २०८२ २३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App