४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
खेल

एसिया कप इमर्जिङ स्टार्सः भारत ए विरुद्ध नेपालको शर्मनाक हार

एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत शुक्रबार दोहामा भएको समूह बी को खेलमा नेपाल भारत ए सँग ३०६ रनको विशाल अन्तरले पराजित भएको छ।

३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा मात्र २६ रन जोड्दै अलआउट भयो। लिस्ट ए क्रिकेट इतिहासमा यो चौथो सबैभन्दा कम स्कोर हो। नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारत ए का प्रिन्स यादवले ५ र हर्षित राणाले ४ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो। भारतका कुमार कुशाग्रले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेल्दा चौथो विकेटका लागि २०६ रनको साझेदारी गरे। अन्त्यतिर सूर्यांश शेडगेले १४ बलमा अविजित ३६ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले समान ३-३ विकेट लिए।

यही समूहको अर्को खेलमा पाकिस्तान ए ले युएईलाई ६१ रनले हराएको छ। नेपालले अब आगामी नोभेम्बर २२ मा युएई र २४ मा पाकिस्तान ए सँग खेल्नेछ।

प्रकाशित: ४ मंसिर २०८३ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App