२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

आर्सनलको नजर ओसिमहेनमा, गालातासारेले १३ करोड युरोको प्रस्ताव अस्वीकार गर्‍यो

आर्सनलले नाइजेरियाली स्टार स्ट्राइकर भिक्टर ओसिमहेनलाई अनुबन्ध गर्ने सम्भावनाबारे चासो देखाएको छ।

तर टर्किस क्लब गालातासारेले ओसिमहेनका लागि आएको ठूलो प्रस्ताव अस्वीकार गरेपछि उनको स्थानान्तरण तत्काल सम्भव देखिएको छैन। रिपोर्टअनुसार आर्सनल र गालातासारेबीच २५ वर्षीय गाब्रियल मार्टिनेली र इथान न्वानेरीबारे छलफल भइरहेका बेला ओसिमहेनको विषय पनि उठेको थियो। तर ओसिमहेनलाई आर्सनलले प्रस्ताव गरेको हो वा गालातासारेले नै उनको उपलब्धताको विषय उठाएको हो भन्ने स्पष्ट छैन।

आर्सनल लामो समयदेखि ओसिमहेनप्रति इच्छुक रहेको बताइन्छ। उनीसँग उत्तरी लन्डनकै अर्को क्लब टोटनहमको नाम पनि जोडिँदै आएको छ। तर ओसिमहेनलाई गालातासारेबाट निकाल्न निकै कठिन हुने देखिएको छ। गालातासारेले साउदी प्रो लिग क्लब अल-हिलालले गरेको १३० मिलियन युरो (करिब १११ मिलियन पाउन्ड)को प्रस्ताव पनि अस्वीकार गरेको छ। गालातासारेले २७ वर्षीय ओसिमहेनलाई बेच्ने कुनै इच्छा नरहेको स्पष्ट पारेको बताइएको छ।

प्रकाशित: २९ श्रावण २०८३ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App