१ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

आर्सनल र सिटी कम्युनिटी शिल्डकाे उपाधिका लागि आज भिड्दै

इंग्लिस फुटबलमा नयाँ सिजन सुरु हुनुअघि आज आर्सनल र म्यानचेस्टर सिटी कम्युनिटी शिल्डको उपाधिका लागि आमनेसामने हुँदैछन्।

गत सिजन प्रिमियर लिग च्याम्पियन बनेको आर्सनल र एफए कप जितेको म्यानचेस्टर सिटीबीचको यो भिडन्तलाई नयाँ सिजनको पहिलो ठूलो प्रतिस्पर्धाका रूपमा हेरिएको छ। तर इतिहास हेर्दा कम्युनिटी शिल्ड जित्दैमा सोही सिजन प्रिमियर लिग जित्ने सम्भावना भने बलियो देखिँदैन। प्रिमियर लिग सुरु भएयता ३४ पटक कम्युनिटी शिल्ड खेलिँदा विजेता टोलीमध्ये केवल ८ टोलीले मात्र सोही सिजन लिग उपाधि जितेका छन्।

पछिल्ला १५ कम्युनिटी शिल्ड विजेतामध्ये केवल एक टोलीले मात्र त्यसपछि प्रिमियर लिग जितेको छ। बरु शिल्डमा पराजित टोलीले १० पटक सोही सिजन लिग उपाधि जितेका छन्। यसपटक आर्सनल र सिटीबीचको भिडन्तले नयाँ सिजनअघि दुवै टोलीको तयारी र सम्भावनाको झल्को दिनेछ।

आर्सनल उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ भने सिटी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा फर्कने अभियानका साथ मैदान उत्रिनेछ। त्यसैले आजको कम्युनिटी शिल्ड केवल एउटा उपाधिको खेल मात्र नभई नयाँ सिजनमा दुई दाबेदारको शक्ति परीक्षणसमेत हुनेछ।

प्रकाशित: ३१ श्रावण २०८३ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App