साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौ खेलमा आएर जित निकाल्न सक्यो। मंगलबार त्रिवि क्रिकेट मैदानमा चितवन राइजनोनलाई ६ विकेटले पराजय गरेसँगै जनकपुरले एनपीएल सिजन-२ मा पहिलो जित हात पारेको हो। साविक विजेता अनि लगातार ४ खेल हारेको जनकपुरलाई यस पटकको एनपीएलमा निकै चुनौती थियो।
त्यस माथि पनि सबैभन्दा बढी चुनौती जनकपुरका अनिल साहलाई थियो। उनकै कप्तानीमा जनकपुरले पहिलो सिजनमा उपाधि कब्जा गरेको थियो । तर, यसपटक त्यही उपाधि जोगाउने चुनौतीमा रहेको जनकपुर आफ्नो सुरुको खेलबाट नै एक जितको खोजीमा थियो। यो सिजनमा पहिलो जित निकाले पछि पत्रकारसँग बोल्दै उनले आजको खेल जित्न निकै जरुरी रहेको बताए।
‘हामीलाई एउटा मात्र खेल भएपनि जित्न एकदमै जरुरी थियो, लगाातर ४ खेल हारिएका थियौँ’ साहले भने, ‘आजको खेल जित्नै पर्छ भनेर हाम्रो टिम मैदान प्रवेश गरेको थियो।’
विशाल लक्ष्य पछाएको जनकपुर
मगंलबार चितवनले टस जितेर ब्याटिङ रोजेको थियो । चितवनले सुरुवात पनि सानदार नै गर्यो ।
चितवनका ओपनर दवीद मलान र अर्जुन साउदले पहिलो विकेटको लागि १ सय १२ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
सुरुवात नै राम्रो गरेको चितवनले जनकपुरलाई दबाबमा राखेको थियो। एक विकेट लिन नै जनकपुरले निकै संघर्ष गरिरहेको थियो।
त्यसपछि ओपनर अर्जुनलाई ५२ रन बनाएपछि जनकपुर बल्ल ए विकेट लिन सफल रह्यो। आर्क ओपनरले ८० रनको योगदान दिए। लगातार हारिरहेको जनकपुरलाई आजको खेल कुनै पजि हालतमा गुमाउनु थिएन्, त्यसको लागि जनकपुरले चितवनलाई सस्तमै समेटन भरपूर्ण कोशिस गरिहेको थियो।

तर, जनकपुरको कडा मेहनतकाबीद्ब चितवनले १७६ रन बनाउन सफल भयो । ‘हामीले आजको खेल त जित्नै पर्छ भन्ने मानसिकता बोकेका थियौँ, त्यो सभ्भव पनि भयो अझै दुईटा खेल बाँकी छ अब त्यो खेलपछि अघिल्लो यात्राको बारेमा थाहा हुन्छ’, अनिलले भने।
स्कोर बोर्डमा १७७ लक्ष्य पाएको जनकपुरलाई त्यसपछि झन दबाब बढ्न थाल्यो। ४ विकेट मात्र गुमाएर विशाल लक्ष्य तय गरेको चितवनको चुनौती जनकपुरलाई कम थिएन, किनभने यसअघि अेलेको खेलमा जनकपुर सस्तमै समेटिन थियो।
जवाफी ब्याटिङमा जनकपुरले पनि राम्रो सुरुवात गर्यो । त्यसपछि तेस्रो नम्बरमा आएका अनिल शाहले जिम्मेवारीपूणै ब्याटिङ गरे। उनले संयमित भएर ब्याटिङ गरिरहे।
चितवनविरुद्ध चम्किएका अनिल
चितवनविरुद्धको खेलमा जनकपुरका अनिल साह नायक बने। पछिल्लो खेलमा फर्ममा नरहेका उनले आजको खेलमा पुन: आफूलाई प्रमाणित गरे।
तेस्रो नम्बरमा क्रिजमा आाएका उनले ३६ बलमा ६१ रन बनाए। उनले सो बलमा ४ चौका र तीन छक्का समेत प्रहार गरे।

अनिले जारी एनपीएलमा खेलेको तीनैवटा खेलमा खराब प्रदर्शन गरेका थिए, जसले गर्दा उनी जनकपुरको चौथो खेलमा सुरुवाती ११ मा पनि परेन्।
त्यसखत जनकपुरको फ्यान र क्रिकेट प्रेमी नै अचम्मित भएका थिए। उनी टोलीमा नअटाएपछि टोलीको नेतृत्व वायन पार्नले पाएका थिए। ‘मलाई केही समयदेखि ब्रेक चाहिरहेको थियो, म कप्तान भएर नखेलिरहँदा पनि ब्याटस म्यान भएर खेलिरहेको थिएँ मलाई खेल्न एकदमै मन थियो तर, अब यो कुरा म्यानज्मेज्टको निर्णय थियो’ अनिलले भने, ‘जारी प्रतियोगितामा मैले राम्रो गर्न सकिरहेको पनि थिइनँ, त्यो बेक्रपछि अलिकलि त राहत पनि भयो, जसले आज राम्रो प्रदर्शन गर्न सकेँ।’
प्रतियोताको सुरुवाती खेल र आफ्नो पहिलो खेलमा अनिलले काठमाडौं गुर्खाज समक्ष शून्य रनमै सीमित भएका थिए । त्यसपछि दोस्रो खेलमा विराटनगर किंग्ससँग मात्र ४ रन बनाए।
उनको चर्चा नै यही दुई खेलबाट हुन थालेको थियो। राम्रो कुराको चर्चा होइन उनी फर्ममा छैनन् भनेर उनकै फ्यान आक्रोशित बनेका थिए ।

तेस्रो खेलमा पोखरासँग जम्मा १ रन बनाएपछि उनी धरापमा परेका थिए, त्यस खेलमा आफूले राम्रो प्रदर्शन गर्न नसकेपछि उनले पत्रकारसँग आफूले राम्रो खेल्न नसकिरहेको स्वीकार गरेका थिए।
जसले उनले सूदूरपश्चिममविरुद्ध खेल त गुमाउन बाध्य नै भए। कप्तानको जिम्मेवारी पाएका उनी त्यस खेलबाट कप्तानको भूमिका बाट हटे । आजको खेलमा उनी सुरुवाति-११ मा त परे तर कप्तानीको जिम्मावारीबाट वन्चित भए ।
‘खेलमा प्रेसर त थियौँ नै टिम हारिरहेको थियो, आफूले पनि रन बनाउन सकिरहेको थिएनँ । हरेक खेलमा रन बनाउन संघर्ष गरिरहेको थिएँ, तर टिम हारिरहेको र आफ्नो प्रदर्शनको बारेमा पनि सोचेको थिएँ’, अनिलले भने ।
उनको आजको प्रदर्शनपछि जनकपुर लयमा फर्किने अनुमान धेरै छ । तर ब्रेक चाहेर कप्तानीको जिम्मेवारीबाट हटेका उनी अब मैदानमा कप्तानका रुपमा प्रवेश पाउला कि नपाउनलान् भन्ने चासो पनि उत्तिकै छ।
प्रकाशित: १६ मंसिर २०८२ १९:३२ मंगलबार





