२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

सिरी ‘ए’ फुटबल: इन्टर मिलानको फराकिलो जित

इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा बोलोग्ना विरुद्ध फराकिलो जित निकालेको छ।

बुधबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई ६-१ गोल अन्तरले हराएको पराजित गरेको हो।

इन्टरलाई जिताउन फेडेरिको डिमार्कोले दुई गोल गरे भने इडेन डेज्को, लाउटरो मार्टिनेज, हाकन र रोबिन गोसेन्सले समान एक एक गोल गरे। बोलोग्नाका चारालाम्पोसले एक गोल गरे।

खेलको २२ औं मिनेटमा चारालाम्वसले गोल गर्दै बोलोग्नाले अग्रता दिलाए। तर २६ औं मिनेटमा इडेन जेकोले बराबरी गोल फर्काएका थिए। ३६ औं मिनेटमा फेडरिको डिमार्कोले गोल गरेपछि इन्टरले अग्रता लियो।

४२ औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दा इन्टर ३–१ को सहज अवस्थामा पुगेको थियो। ४८औं मिनेटमा फेडरिकोले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टर ४–१ ले अघि बढेको थियो। ५९ औं मिनेटमा हकानले पेनाल्टीमा गोल गर्दै इन्टरलाई ५–१ को अवस्थामा पुर्‍याए। ७६औं मिनेटमा रोविन गोसेन्सले गोल गरेपछि इन्टर मिलान ६–१ को सानदार जित निकाल्न सफल भयो।

जितसँगै १४ खेलमा २७ अंक जोडेकाे इन्टर चौथो स्थानमा रहेको छ। बोलोग्ना १६ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App