१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

टी–ट्वान्टी विश्वकप क्रिकेट: न्युजिल्यान्डले आयरल्यान्डलाई हरायो

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ।  

शुक्रबार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराउँदै समूह १ को शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो बनेको छ।

एडिलेटमा न्युजिल्यान्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३५ रन बनायो।  आयरल्यान्डका लागि पाउल स्ट्रलिङले ३७ रनको योगदान गरे।  त्यस्तै एन्डी बलव्रिनले ३० रन बनाउँदा जोर्जे डोकरेलले २३ रन जोडे।  

न्युजिल्यान्डका लकी फग्युसनले सर्वाधिक तीन विकेट लिए।  त्यस्तै टिम साउदी, मिचेल स्टेनर र इस सोधीले दुई–दुई विकेट लिए।  यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।  न्युजिल्यान्डका लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै फिन एलनले ३२ र डेरी मिचेलले २९ रन बनाए। आयरल्यान्डका लागि जोस लिटिलले ह्याट्रिक विकेट लिए।  

त्यस्तै ग्रेथ डेलानीले दुई विकेट लिँदा मार्क एडिएरले एक विकेट लिए।  न्युजिल्यान्ड ५ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। यता आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App