७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

मेयर कपको उपाधि गरुडा टिमले चुम्यो

गरुडा नगरपालिकाको सहयोगमा लेजेन्ड युथ क्लब अफ रौतहटको आयोजना भएको मेयर कप प्रिमियर लिगको उपाधि गरुडा टिमले चुमेको छ। गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडको ग्राउन्डमा भएको लिगमा रौतहटका १० क्रिकेट टिमको सहभागीता रहेको थियो।

दुई हप्तासम्म चलेको लिगको विजेता बन्दै घरेलु गरुडा टिमले कपका साथै एक लाख दश हजार रुपैयाँ नगद हात पारेको छ। यसैगरी दोस्रो हुने एएन प्लाजा टिमले ५१ हजार रुपैयाँ हात पारेको छ। खेलमा म्यान अफ द सिरिज आशुतोष सिंह, बेस्ट बलर धर्मेन्द्र साह, बेस्ट किपर रामबाबु यादव, बेस्ट ब्याटस् म्यान सोहन साह, बेस्ट फिल्डर धर्मेन्द्र साह भएका छन्।

नगरपालिकाको सहयोगमा भएको पहिलो मेयर कपमा उत्साहजनक दर्शकको सहभागीता रहेको थियो। मेयर कपको प्रतिफलको आधारमा आगामी दिनमा पनि लिगलाई निरन्तरता दिइने नगर प्रमुख कन्थमनिप्रसाद कलवारले जानकारी गराएका छन्।

प्रकाशित: १४ कार्तिक २०७९ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App