१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उसुमा सेनालाई १२ र सशस्त्रलाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन्। आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ। विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ।

प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो। अरु प्रदेश भने निरीह रहे। प्रदेश १ ले एक रजत र ४ कास्य जित्यो भने मधेश प्रदेशले केबल १ कास्यमा चित्त बुझायो।

वागमती प्रदेशले २ रजत र ५ कास्य जितेको छ भने घरेलु टोली गण्डकीले १ रजत र ४ कास्य पदकमात्र जित्यो भने लुम्बिनी प्रदेशले एक कास्यमा चित्त बुझायो। कर्णालीले स्वर्ण, रजत र कास्यमा समान १/१ पदक जितेको छ। सुदूर पश्चिमले ४ रजत र ८ कास्य पदक जित्यो।

थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ६ स्वर्ण जितेको छ। पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजाली, पुरुष ताईची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोले, महिला थाईची छ्वान अलराउन्डमा सबिता राई, महिला छाङ छ्वानमा सेनाकी सुस्मिता तामाङ , महिलाको नान् छ्वान अलराउन्डमा सेनाकी निमा घर्तीमगर र थाउलोको पुरुष ताब सु कुन्सुमा विश्व बुढामगरले स्वर्ण पदक जितेका हुन्। थाउलोतर्फ पुरुष नान छ्वान अलराउन्डमा भने कर्णाली प्रदेशका दीपक हमाल तथा महिला चियन सु छियाङमा सशस्त्र प्रहरीकी कविता थापाले स्वर्ण जिते।

सान्सौतर्फ पनि आर्मीले ६ स्वर्ण जितेको छ। पुरुष ४८ केजीमा आर्मीका यामराज थापामगर, ७० केजीबाट सेनाका पदम राई, पुरुष ७५ केजीमा सेनाका चित्रसिंह ठकुरी, पुरुष ८५ केजीमा सेनाका किरणसिंह साउद, महिला ५२ केजीमा सेनाकी एलिना चौधरी र ७० केजी समूहमा सेनाकी विन्दु पुनमगरले स्वर्ण पदक जिते।

सान्सौतर्फ एपीएफले पुरुष ५२ केजी तौल समूहमा शसस्त्र प्रहरीका अशोक खालिङ, पुरुष ५६ केजीमा सशस्त्रका रोहित चुनारो, ६० केजीमा सशस्त्रका मंगलप्रसाद थारु, ८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जन, महिला ४८ केजीमा सशस्त्रकी गौरी घर्तीमगर, ५६ केजी समूहमा सशस्त्रका विद्या गुरुङ, ६० केजीमा सशस्त्रकी निशा विकले स्वर्ण र महिला ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावतले स्वर्ण पदक जिते।

सान्सौको ६५ केजी तौल समूहमा भने प्रहरीका सम्मन घुस्रीले स्वर्ण पदक जिते।उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता थियो। एनआरएनएको उसुमा सहभागीता थिएन।

प्रकाशित: ३ कार्तिक २०७९ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App