२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

धादिङमा पालिकास्तरीय टि–२० क्रिकेट लिग सुरु

धादिङमा अन्तरपालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो।

सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरेका हुन्। सो–म्याचमा स्थानीयतह र क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए।

 प्रतियोगितामा जिल्लाभरका आठ पालिकाबाट टिम सहभागी छन्। बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँँपालिका र खनियाबास गाउँँपालिकाले ‘ओपनिङ’ खेल खेलेका छन्।

धादिङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो। स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट सङ्घका अध्यक्ष दिपेश कँडेलले बताए।रासस

प्रकाशित: १ कार्तिक २०७९ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App