४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिस र लुम्बिनी अन्तिम चारमा

विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह ‘बी’ को अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन्। शुक्रबारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश–१ ले ७ विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो।

पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो। लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी विष्टले सर्वाधिक ४ विकेट हात पार्दा रुबिना क्षेत्री र हिरणमयी रोयले समान २/२ विकेट आफ्नो नाममा लेखाए। एक विकेट सवनम राईको नाममा रह्यो।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो। पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको पारी खेल्दा सम्झना खड्काले २९ तथा अप्सरी बेगमले १० रनको व्यक्तिगत स्कोर गरे। लुम्बिनीका सुस्मिता भुषाल र मनीषा रानाले समान २/२ विकेट हात पार्दा मधु डिसी र कमला जिएमले १/१ विकेट आफ्नो नाममा लेखाए।

प्रकाशित: २९ आश्विन २०७९ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App