१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बलमा थुक प्रयोगमाथि पूर्ण प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार खेलका दौरान बल चम्काउनका लागि थुकको प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

आइसिसीको मंगलबार बसेको मुख्य कार्यकारी समिति बैठकपछि क्रिकेट खेलका धेरै नियम फेरबदल भएसँगै थुकको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लागेको हो। सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट कमिटीले नियम परिवर्तनको सिफारिस गरेको थियो। परिवर्तन भएको यो नियम आउँदो अक्टोबर १ देखि लागू हुनेछ।

कोरोना भाइरसको संक्रमणले विश्वमा महामारी बढेपछि आइसिसीले बलमा थुक लगाउन प्रतिबन्ध लगाएको थियो। अब यो प्रतिबन्ध सधैँका लागि लागू गरिएको हो। अर्को महिना अस्ट्रेलियामा ट्वान्टी–२० विश्वकप आयोजना हुँदै छ। जसमा मंगलबार भएका निर्णय अस्ट्रेलियाको विश्वकप संस्करणमा लागू हुनेछन्।

‘कोरोनाका कारण बल चम्काउनका लागि थुकको प्रयोग गर्न लगाइएको आंशिक प्रतिबन्ध अब भने पूर्ण रूपमा लागू हुनेछ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै ब्याट्सम्यान क्याच आउट भयो भने नयाँ ब्याट्सभ्यासन नै स्ट्राइकमा आउनेछ। रन बटुल्ने क्रममा दुबै ब्याट्सम्यानले क्याच हुनुअघि क्रिज परिवर्तन गरेको भए पनि नयाँ ब्याट्सम्यानले नयाँ बल खेल्नुपर्नेछ।’

यस्तै आइसिसीले जारी गरेको नयाँ नियमअनुसार ब्याट्सम्यानले पिचभित्र रहेर सट खेल्नुपर्नेछ। यदि सट खेल्दा ब्याट्सम्यानको ब्याट या शरीर पिचबाहिर गयो भने त्यो बलमा रन मानिने छैन। अम्पायरले त्यो बललाई डेड बलको संज्ञा दिनेछन्।b यदि बलरले ब्याटरलाई पिचबाहिर जान बाध्य बनाए भने त्यो बललाई नो बल दिइनेछ।

यस्तै बलरले बलिङ गर्ने क्रममा कुनै पनि अनुचित र जानाजानी ब्याट्सम्यानलाई अवरोध गरेमा अब अम्पायरले ब्याटिङ टिमलाई पाँच पेनाल्टी रन दिन सक्नेछ र उक्त बललाई डेड बल दिने अधिकार अम्पायरलाई रहनेछ। बलिङअघि नै रनआउटको प्रयास भएमा डेड बल भनिनेछ। बलरले बलिङ गर्नुअघि नै ब्याट्सम्यान विकेट अगाडि बढेमा स्ट्राइकरलाई रनआउट गर्न सकिन्थ्यो। तर अब यो अभ्यास गरिएमा डेड बल गनिनेछ। 

प्रकाशित: ५ आश्विन २०७९ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App