एएफसी यू-२० एसियन कप फूटबल छनोटमा सहभागिता जनाएर नेपाली टोली सोमबार राति स्वदेश फर्किएका छन्।
बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाली टोली जितविहिन भएर स्वदेश फर्किएको हो। नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए।
समूह 'बी' मा नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो। तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो।
यस्तै आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो।
प्रकाशित: ४ आश्विन २०७९ ०६:१६ मंगलबार