६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

संयोग र इभानालाई उपाधि

ललितपुर-१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते। स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला एकलमा ललितपुर वडा–१२ की इभाना थापामगरले संखुवासभाकी वियन्का राईलाई ११–८, ११–७, ११–३, ८–११, ९–११, ११–५ ले हराएर उपाधि जितिन्।

यसैगरी, प्रतियोगितामा रनिङ शिल्ड ललितपुर–११ वडाले हात पार्‍यो। ललितपुर–११ ले दुई स्वर्ण र एक कांस्य पदक जितेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य तथा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र सचिव ज्याकी महर्जनलगायतले विजेतालाई पुरस्कृत गरे।

प्रकाशित: २६ भाद्र २०७९ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App