२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

आयोजक ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले सोमबार १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

धापासीस्थित घरेलु कोर्टमा भएका फाइनलमा सफलता निकाल्दै ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन्। सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्‍यो। ग्रिनल्यान्डका दिवस भुजेलले २० अंक जोडे। सिनियर गर्ल्समा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ६४–४९ ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले १८ स्कोर गरिन्। जुनियर ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हार्टले ग्रिनल्यान्डमाथि २०–१७ को जित दर्ता गर्‍यो।

एन्जल्स हार्टका प्रतीक कँडेलले २० अंक बटुले। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका विमल जागरी, सिनियर गर्ल्समा भ्याली पब्लिककी लाक्षी गुरुङ तथा जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल मोस्ट भेलुएबल प्लेयर घोषित भए। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल (८९ अंक), सिनियर गल्र्समा ग्रिनल्यान्डकी परी गुरुङ (४५ अंक) र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी(एलएनए) का रिदम अधिकारी (३३ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीको शीर्ष स्थानमा रहे।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ नोडुप लामा तथा सिनियर गर्ल्समा भ्याली पब्लिककी मुस्कान गुरुङ उत्कृष्ट थ्री प्वाइन्टर चुनिए। विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्षद्वय कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरे लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। भदौ तीन गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा १६/१६ तथा सिनियर गर्ल्समा १० टोली सहभागी थिए।

प्रकाशित: १४ भाद्र २०७९ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App