२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

साफ महिला च्याम्पियनसिप २०२२ को लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा ‍गरिएको छ।

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म ‍काठमाडौंमा हुने प्रतियोगिताको लागि मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

प्रतियोगितामा नेपालसहित भुटान,श्रीलंका,माल्दिभ्स,बंगलादेश,पाकिस्तान र डिफेन्डिङ च्याम्पियन भारत सहभागी छन्। समूह ‘बी’ मा नेपाल भुटान र श्रीलंका छन्। समूह ‘ए’ मा  डिफेन्डिङ च्याम्पियन भारत,माल्दिभ्स,बंगलादेश र पाकिस्तान छन्।

नेपालले उद्घाटन खेलमा भदौ २१ मा भुटानसँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

नेपालको राष्ट्रिय टोली:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनमजर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक

मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

प्रकाशित: ११ भाद्र २०७९ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App