२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

बुद्ध र निस्टलाई उपाधि

बुद्ध एकेडेमी र निस्टले बिहीबार पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

बुद्ध ब्वाइज तथा निस्ट गर्ल्समा च्याम्पियन बने। अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित गर्‍यो। बुद्धको जितमा कोसिस भुजेलले १६ अंक योगदान गरे।

गर्ल्सको उपाधि भिडन्तमा पूर्णिमा बरालले १० अंक जोड्दा निस्टले डाफोडिललाई २५–२१ ले हरायो। ब्वाइज/गर्ल्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कोसिस र पूर्णिमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

ब्वाइजमा निमोनिकका प्रवेश तामाङ तथा गर्ल्समा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बने। विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, बीआईएसका प्रिन्सिपल हरि लामा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

प्रकाशित: ३ भाद्र २०७९ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App